नेपालको सुदुर पश्चिम प्रदेश अन्तरगत पर्ने डडेल्धुरा जिल्ला एउटा सुन्दर जिल्ला हो । यस प्रदेशका ९ वटा जिल्ला मध्ये डोटी, अछाम, बैतडी, दार्चुला, बझाङ र बाजुरा जिल्लामा जाने बाटो यहि डडेल्धुरा जिल्ला हुदै जान्छ । सुदुरपश्चिम प्रदेशको Hill Station को रुपमा रहेको तथा माथी उल्लेखित ६ वटै जिल्लाको प्रबेश बिन्दुको रुपमा रहेको डडेल्धुरा जिल्लाको महत्व सुदुरपश्चिम प्रदेशमै बिशेष रहेको छ । साविक महाकाली तथा सेती अञ्चलका बिभिन्न जिल्लाका मानिसहरु आवात जावत गर्ने केन्द्रको रुपमा रहेकोले यस जिल्लामा शान्ति सुरक्षा, अपराधिक गतिबिधि तथा सवारी दुर्घटनाको दृष्टिकोणले अलि बढि संबेदनशील हुदै गएको छ । डडेल्धुरा जिल्ला नेपाल भरमै बढी राष्ट्रिय, अन्तरराष्ट्रिय गैरसरकारी संस्था कार्यरत भएको जिल्ला मध्येको रुपमा लिइन्छ । ५ वटा गांउपालिका र २ वटा नगरपालिका रहेको यस जिल्लाको कूल जनसंख्या मध्ये झण्डै आधा जनसंख्या जिल्लाको दक्षिणी भेगमा पर्ने भित्री मधेसका आलिताल गांउपालिका र परशुराम न.पा. ले ओगटेको छ । भित्री मधेसमा पर्ने यी स्थानिय तहमा अधिकांस मानिसहरु अन्य जिल्लाबाट बसाइ सराइ गरी आएका बासिन्दाहरु बसोबास गर्दछन । त्यसैले यी बिबिध बस्तुगत तथ्यको आधारमा शान्ति सुरक्षाको दृष्टिकोणले यो जिल्ला दिन प्रतिदिन संबेदनशील बन्दै गएको छ । अमरगढी नगरपालिका बार्ड नं. ५ खलंगामा सदरमुकाम रहेको यो जिल्ला अत्यन्त मनोरम, भौगोलिक विविधतायुक्त, समथर भित्रि मधेस, चुरे श्रृङख
Introduction
संलग्न कागजात
डाउनलोड